Section 47
धितो लिने व्यक्तिको प्राप्त गर्ने अधिकार
(१) दायित्व परिपालन नभएमा धितो लिने व्यक्तिले बहीखाता, सुरक्षित बिक्री करार वा भुक्तानी पाउने अन्य अधिकारका सम्बन्धमा खातामा दायित्व बहन गर्ने भनी जनिएको व्यक्ति वा भुक्तानीको दायित्व बहन गर्ने अन्य व्यक्तिलाई भुक्तानी गर्न सूचित गर्न र त्यस पछिका कुनै लाभ आफ्नो नियन्त्रणमा लिनसमेत पाउनेछ ।
(२) धितोको हकले ऋण सुरक्षित गरेको भएमा धितो लिने व्यक्तिले सुरक्षित ऋृणको रकम र यस परिच्छेद अन्र्तगत कटाउन पाउने खर्च रकमभन्दा बढी रकम सङ्कलित हुन आएमा त्यसरी बढी भए जति रकम धितो दिने व्यक्तिलाई भुक्तानी दिनेछ । अन्यथा सहमति भएकोमा बाहेक यसरी सङ्कलित रकममा कुनै कमी हुन गएमा सुरक्षित ऋण तथा यस परिच्छेदअन्तर्गतको कट्टा गर्न पाउने खर्चसमेत र सङ्कलित रकम बीचको भिन्नता धितो दिने व्यक्तिले धितो लिने व्यक्तिलाई तिर्नु बुझाउनु पर्नेछ ।
(३) खाता वा सुरक्षित बिक्री करारको बिक्रीसँग सम्बन्धित कारोबारको हकमा धितोसम्बन्धी सम्झौतामा व्यवस्था गरिएको भएमा मात्र धितो दिने व्यक्तिलाई बढी हुन आएको रकमको भुक्तानी पाउने अधिकार हुनेछ र घटी हुन गएको रकमको लागि निज जिम्मेवार हुनेछ ।
(४) धितो लिने व्यक्तिले अदालती कारबाही अवलम्बन नगरी यस दफाअन्तर्गतको काम कारबाही गर्न सक्नेछ ।